धादिङ कार्तिक २० । सहकारीकर्मी रंगप्रसाद थपलिया पुनः साना किसान कृषि सहकारी संघ लि। धादिङको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
धादिङबेसीमा बुधबार सम्पन्न संघको २० औं वार्षिक साधारण सभा एवं ७ औं अधिवेशनबाट थपलिया पुन अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा फणिकान्त छत्कुली र सदस्यहरुमा शिव अर्याल, ओम प्रसाद धमला, कृष्ण अर्याल, ध्रुव वि।क। विरेन्द्र पाण्ड, अप्सरा अधिकारी, दुर्गा दुवाडी, चन्द्र कुमारी अधिकारी, अर्जुन दुवाडी, मीना तामाङ, रमेश खतिवडा, राधिका सापकोटा छन् ।
रंगप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न भएको संघको अधिवेशनमा नेपाल कृषि सहकारी केन्द्रिय संघ एवं साना किसान विकास लघुवित्त वित्तीय संस्थाका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।