वासिङटन कार्तिक २० । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ ।
डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ ।
नेपाली समयअनुसार बिहीबार बिहानसम्म बाइडेन २ सय ६४ को स्थितिमा छन् भने ट्रम्पले २ सय १४ ले पछ्याइरहेका छन् । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचित हुनका लागि बाइडेनलाई केवल ६ इलेक्टोरल भोटको आवश्यकता छ ।