अकल्पित वेदना

Avatar photo
Dhadingpost
अशोज २६, २०७७

महान् नारी बनाउने उद्देश्य मेरो
न्यानो प्रिति सहकार्य गर्ने अनि सारथी
आन्दको सागरमा डुबुल्की मार्दै दिवाःस्वप्न देख्दै
सपनाको महलमा एक कुनाबाट
अर्को कुना नाच्ने र राजघरान बनाउने ।
तर धिकार भयो सृष्टि गर्नुको तात्पर्य
चकनाचुर भयो ती सम्पूर्ण अभिलाषा
आँखै अगाडि नरपिचास हरुले उदाङ्ग पारि
रगतको भल बगाई प्राण चुडेको देख्दा
म आमाको मन उसको पीडा र चित्कार सुन्दा
उसको अस्मिता लुटिदा, शरिरबाट प्राण फुत्किएको देख्दा
म मरे तुल्य भएर बेहोस हुन्छु ।
लामो अन्तरालपछि ब्युझन्छु अनि आँखा पिर्लिक्क खुल्छ
फेरि अर्को नरपिचासले चिलले चल्ला ग्याँचेको जस्तै
क्षणिक मजा र आन्दको लागि अर्को
छोरीको बलत्कार र हत्या भएको देख्दा फेरि ऐठन अनि बेहोस् हुन्छु ।
सधियौ देखि चलिरहेछ, निरन्तर आज सम्म र अनन्त सम्म
के मेरो भाग्यमा खुसि नलेखिएर हो ?
के सृष्टि गर्नुको उद्देश्य यहि नै हो ?
होइन म गलत छु,
यो त राक्षसी प्रवृत्तिको पराकाष्ठा हो,
यो त दानबको दादागिरी हो,
फेरि त्यहि अपराधी छाति फुलाएर अर्को सिकार खाउला भनी
टुलमुलाएको देख्दा म दिन दिनै मरिरहेको छु, मरिरहेछु।
लाग्छ त्यसलाई कोपरुम्, चिथरुम् र झुन्ड्याएर मारुम
तर म विवस छु, टुलुटुलु हेर्न
किनकि म कानुन भन्दा माथि छैन,
म यसैगरि मरिरहेको छु, मरिरहेछु ।

दिपक सापकोटा
धादिङ