राष्ट्रिय युवा संघ धादिङको ईन्चार्जमा मिलन चयन

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १६, २०७७

धादिङ असाेज १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काेे युवाहरुकाे संगठन राष्ट्रिय युवा संघ नेपालले जिल्ला ईन्चार्ज र सह ईन्चार्ज टुङ्ग्याएकाे छ । धादिङको जिल्ला ईन्चार्जमा चन्द्रबहादुर सिलवाल (मिलन) चयन हुनुभएकाे छ । जिल्ला संम्रचना यश अघि नै बनाएकाे युवा संघले याे पछिल्लाे समय जिल्ला ईन्चार्ज र सह ईन्चार्ज टुङ्ग्याए सँगै पुर्व माअाेवादी एवम पुर्व जनमुक्ति सेनाका सिलवाल धादिङको ईन्चार्ज बन्नु भएकाे हाे । यसैगरि राष्ट्रिय युवा संघ धादिङकाे लागि सहईन्चार्ज पुर्व एमालेबाट बेगबहादुर पाण्डे चयन हुनुभएकाे छ । जिल्ला संयाेजकमा दिपक खतिवडा र सह संयाेजकमा राजाराम रिजाल यश अघिनै चयन हुनुभएकाे थियाे ।