त्रिशुलीमा गजुरीका दुई जना वेपत्ता खोजी कार्य जारी

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १३, २०७७

धादिङ असोज १३ । धादिङ जिल्ला गजुरी गाउँ पालिका ३ मुरियाघाट बस्ने १७ वर्षिय अर्जुन मिजार र गजुरी गाउँ पालिका १ पिठान बगर बस्ने १६ वर्षिय भोपेन्द्र श्रेष्ठ त्रिशुलीमा वेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो अन्दाजी दिउँसो २ बजे बेल्खु स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा अर्जुन मिजार वेपत्ता भएका थिए भने अर्का भोपेन्द्र श्रेष्ठ धादिङ र नुवाकोटको सिमाना कोल्फुटार स्थित त्रिशुलीमा सोहि दिन अन्दाजी ३ बजे बालुवा चाल्ने क्रममा वेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरीलाई उदृढ गर्दै रामचन्द्र थापाले धादिङपोष्टलाई बताउनु भयो ।

उनीहरुको प्रहरी नेपाली सेनाको स्थानीयहरुको सहभागितामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । फाइल फोटो