धादिङ अस्पतलाको बन्द ओपीडी सेवा सुचारु

Avatar photo
Dhadingpost
सोमवार, अशोज १२, २०७७

धादिङ असोज १२ । धादिङबेसी सदरमुकाम स्थित धादिङ अस्पतालका एक स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिए पछि बन्द भएको ओपीडी सेवा आज देखि सुचारु हुने सूचना अधिकारी विक्रम विकले बताउनु भएको छ ।

जिल्ला अस्पताल प्रशासनले अर्को सूचना नआउँदा सम्मका ओपीडी सेवा बन्द रहेको भन्दै असोज ७ गते सूचना सार्वजनिक गरेको थियो ।

सोमबार धादिङ अस्पतालले आफ्नो फेसबुक पेजामा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुस्टि भएपछी ठुलो संख्यामा संभावित ३५ जना अन्य स्वास्थ्यकर्मीहरुको कोरोना परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि असोज ७ गतेबाट बन्द रहेको ओपीडी लगायतका सबै सेवाहरु आजबाट सुचारु हुने जनाएको हो ।