धादिङका निजामती कर्मचारीहरु चुनावमा होमिए

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १, २०७७

धादिङ असोज १ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचनका होमिएको छ । आगामी असोज २४ गते दशैभर हुने निर्वाचनको लागि कर्मचारीको आधिकारीक ट्रेड यूनियन धादिङले पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

पूर्व नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, पूर्व माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र काँग्रेस निकट नेपाल कर्मचारी यूनिएन बीच भिडन्त हुने यस चुनावमा जिल्ला स्तरमा भने समानुपातिक मतको आधारमा नेतृत्व चयन हुने गर्दछ ।

यसै चुनावको लागि कर्मचारीको आधिकारीक ट्रेड यूनियन धादिङले जिल्लाको निर्वाचनको लागि प्रमुख निर्वाचनको अधिकृतको कार्यालयको कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयले मतदाता नामावली प्रकाशन असोज ९ गते र यस उपर दावी विरोधको असोज ११ गते सम्म तोकेको छ ।

यस्तै उम्मेदवारी दर्ता असोज १४ गते तोकेको छ भने यस उपर दावी विरोधको मिति १५ गते तोकिएको छ भने मतदान असोज २४ गते हुने कर्मचारीको आधिकारीक ट्रेड यूनियन धादिङका सचिव कृष्णकुमार श्रेष्ठले बताउनु भयो ।

यस अघिको निर्वाचनमा धादिङको अध्यक्षमा पूर्व एमाले निकट कर्मचारी संगठनबाट त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनी र सचिवमा पूर्व माओवादी केन्द्र निकट कर्मचारी संगठनबाट कृष्णकुमार श्रेष्ठ निवाृचित हुनुभएको थियो ।