
धादिङ भाद्र २९ । बागमती प्रदेश सरकारले धादिङको दुई सहित १२ गाउँपालिकालाई खरको छानामुक्त बनाउने भनाउने भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले बागमती प्रदेशले आ. व. २०७७/७८ मा मानव विकास सूचकाङ्कमा सबैभन्दा कमअङ्क भएका धादिङको रुबीभ्याली र खनियाकास सहित १२ गाँउपालिकालाई खरको छानामुक्त गराएर टिनको छानामा रुपान्तरण गर्ने भएको हो ।
चुहिने छानो, आगलागी, हावाहुरी र विपद्बाट जनतालाई सुरक्षित बनाउन बागमती प्रदेश सरकारले ४ करोड रूपैया यसै आ.व. मा विनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुल्यालले बताउनु भएको छ । साङ्केतिक तस्वीरः गुगलबाट
खरको छानोमुक्त बनाईने गाउँपालिकाहरु
- रुविभ्याली गाँउपालिका, धादिङ
- खनियाबाँस गाँउपालिका, धादिङ
- घ्याङलेख गाँउपालिका, सिन्धुली
- फिक्कल गाँउपालिका, सिन्धुली
- मरिण गाँउपालिका, सिन्धुली
- हरिहरपुरगढी गाँउपालिका, सिन्धुली
- गौरीशंकर गाँउपालिका, दोलखा
- बिगु गाँउपालिका, दोलखा
- पाँचपोखरी थाङ्पाल गाँउपालिका, सिन्धुपाल्चोक
- हेलम्बु गाँउपालिका, सिन्धुपाल्चोक
- नौकुण्ड गाँउपालिका, रसुवा
- आमाछोदिङमो गाँउपालिका, रसुवा