धादिङमा निजी स्कुलको अनलाइन शिक्षा कहिलेबाट ?

Avatar photo
नारायण सिलवाल
शुक्रबार, भदौ २६, २०७७

धादिङ भाद्र २६ । सरकारले कोरोना भाईरस रोकथामका लागि सुरु गरेको लकडाउन सँगै धादिङका केहि निजी विद्यालयहरुले अनलाइन (भर्चुअल) शिक्षा सुरु गरेका थिए ।

सरकारले (भर्चुअल) शिक्षालाई मान्यता नदिने र शुल्क लिन समेत नपाउने निर्णय गरे सँगै अनलाईन शिक्षा बन्द भएका थिए । यद्यपी केहि विदालयहरुले भने ९ र १० का विदार्थी सँग मासिक शुल्क लिएर अनलाइन शिक्षा प्रदान गरिरहेका छन् ।

अनलाइन शिक्षाको प्रभावकारीता माथि प्रश्न चिन्ह उठि रहेको बेला सरकारले केहि दिन अघि मात्र अनलाइन शिक्षालाई मान्यता दिने र निजी विद्यालयहरुले शुल्क समेत लिन पाउने व्यवस्था गरे पनि अनलाइन कक्षालाई निरन्तरता दिन सकिरहेका छैनन् । धादिङमा, प्याब्सन सँग आवद्ध स्कुलहरु ३४ वटा रहेका छन् भने एन प्याब्सन सँग आवद्ध विद्यालयहरु २० वटा रहेका छन् ।

हामीले प्रतिनीधि मुलक रुपमा धादिङका निजी विद्यालयका ८ जना प्रिन्सिपलहरुलाई कहिले देखि सुरु गर्नुहुन्छ अनलाईन कक्षा ? शुल्कको दायरा के छ ? भनेर सोधेका छौं ।

Hari Lamsal
Dhading Boarding H.S.S

अनलाईन कक्षा कक्षा ६-१०काे वैशाख ३१ गतेदेखि भईरहेकाे छ।र अन्य कक्षाकाे असाेज १ गतेदेखि गर्ने पहल भइरहेकाे छ। शुल्ककाे लागि स्थानीय सरकारसँग बसेर टुङ्गो लगाउने याेजनाकाे लागि छलफल भईरहेकाे छ।

Shashti Shrestha
Childrenpark HSEBS, Dhadingbesi

हामीले SEEकाे लागि गत चैतदेखि र अन्य कक्षालाई बैशाखदेखि अनलाइन कक्षा शुरू गरी सकेका छाैं ।शैक्षिक सत्र असाेजदेखि शुरू हुने भएकाले अब हरेक कक्षाकाे सबै विषय पनि थप गर्दैछाैं । निजी विद्यालयले स्थानीय तहसंग समन्वय गरी शुल्क लिन निर्देशन भएकाले हामी साेही अनुसार शुल्क लिनेछाैं ।धन्यबाद ।

Bhim Bahadur Shrestha
Advance Academy, Nilkantha-3, Dhadingbensi

कोभिड १९ का कारण सरकारले बन्दा बन्दी सुरु गरे सँगैं एड्भान्स एकेडेमीले आनलाईन कक्षा बैशाख देखि नै सुरु गरेको हो । सुरुको ३ महिना हामीले निशुल्क अनलाईन कक्षा संचालन गरेका थियौं भने त्यसपछि पनि लगडाउन थपिने क्रम रोकिएन शिक्षकहरुलाई निशुल्क पढाउन भन्न पनि सकेनौं, त्यसपछि केहि समय अनलाईन कक्षा स्थगित भएर पनि फेरि सुरु भैसकेको छ । शुल्कको विषयमा चाहि नगरपालिकाले निर्धारण गरि दिने हुँदा कति हुन्छ भन्ने अवस्था छैन ।

Nabaraj Ojha
The Rising Vilage HSEBS, Galchhi-6, Baireni, Dhading

हामीले असार देखि नै ८ देखि १० सम्म अनलाईन कक्षा संचालन गरि रहेका छौं । अन्य कक्षाहरुको हकमा असोज १ गते देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारी तयारी कसरी अगाढी बढ्छ त्यहि अनुरुप गर्ने हो । घुम्ती कक्षा संचालनको कुरा पनि उठि रहेको छ । १ गते पछि अभिभावक सँग् सल्लाह गरेर अगाडी बढ्छौं । शुल्कको विषयमा गाउँपालिकाले निर्धारण कसरी गर्छ हेरुम् ।

Ramesh Kumar Shrestha
Munal Academy, Gajuri-1, Dhading

अनलाईन कक्षाको विषयमा अभिभावकहरुलेलकडाउन सुरुभए देखिनै बच्चाहरु साइलेन्स बसे घरमा कक्षा सुरु गर्नुपर्यो भन्ने दवाव आएको थियो । असार देखि ८९ र १० लाई आनलाईन कक्षा संचालनमा ल्याएका हौं । गजुरी गाउँपालिकाको निित अनुरुप सामाजिक दुरी कायम राखी साउनमहिनामा हामीले स्कुलमै उपस्थित गराएर कक्षा लियौं । साउनको अन्तिम मा फेरि संक्रमितको संख्या बढेपछि फेरि कक्षा ५ देखि माथिलार्य अनलाईन कक्षा लिन थाल्यौं अहिले पनि लिई रहेका छौं । त्यो भन्दा तलको कक्षाका लागि शनिबार अभिभावहरुलाई बोलाएका छौं सबैको पहुँच हुन्छ कि हुन्न राय लिएर सबै विदार्थीका लागि अनलाईन कक्षाको प्लान बनाउछौं । शु्ल्कको विषयमा चाहि गाउँपालिकाले निर्धारण गर्ने हो । कम्तिमा पनि शिक्षकलाई तलव खुवाउन पुग्ने गरि निर्धारण हुनुपर्छ भन्ने हाम्रो माग छ ।

Prayas Regmi
New Kibou Boarding School, Neelakantha-3, Dhading

कक्षा ७ देखि कक्षा १० को जेष्ठ ११ देखि ३ बिषयको, कक्षा ५ देखि कक्षा ६ को जेष्ठ १५ देखि २ बिषयको, कक्षा २ देखि ४ को जेष्ठ २० गते देखि २ बिषयको कक्षा १, UKG, LKG को ग्रेड शिक्षण जेष्ठ २५ देखि सन्चालन भएको र फेरि अभिभावक सङ्ग सल्लाह गरि कक्षा ८ देखि कक्षा १० को भाद्र १ गते देखि सबै ८ बिषयको कक्षा सन्चालन भैरहेको छ । तर शुल्कको दायरा स्तनिय तहले तोकेको मापदण्ड अनुसार हुने अहिले तोकिएको छैन ।

Kalpana Silwal
Bright Future CEBS, Malekhu, Dhading

ब्राइट फ्युचरले असार एक गते देखि कक्षा ६ देखि १० सम्मको अनलाइन पढाइ र नर्सरीदेखि ५ सम्म टोल सिकाइ सुरु गर्दै आएका थियौ । श्रावणको अन्तिम साताबाट स्थानीय पालिकाले पुनः बन्दाबन्दीलाइ कडाइ गरेपछि नर्सरीदेखि १० सम्म नै अन्लाईन सुरु गरेका छौँ र पहिलो चरणमा ६-१० को २५ पूर्णाङ्कको अनलाइन परिक्षा लिएर नतिजा पनि वितरण गरिसक्यौ । बाकी अरु कक्षाको दोस्रो चरणको परिक्षाको तयारी गर्दै छौँ । शुल्कको विषयमा यश अघि सन्चालक समितिले आफ्नो खाका तयार पारेकोमा नयाँ शुल्क निर्देसिका आए पश्चात् स्थानीय पालिकाबाट निर्णय आउन बाकी नै छ ।

Bishwanath Upreti
Salyantar United EBS, Salyantar Dhading

हामीले बैशाख देखि अनलाईन कक्षा संचालन गरि रहेका छौं । सँगै घुम्ती कक्षाहरु पनि संचालन भैरहेका छन् ।औपचारीक रुपमा असोज १ गते देखि हुन्छ । शुल्कको विषयमा गाउँपालिका सँग सहमती गरेर लिन्छौं ।

Sanjeev Gajurel
Blooming Lotus EBS, Dharke, Dhading

असार र साउन २ महिना हामीले class चलायो त्यसपछि अब फेरि सरकारको निर्णय अनुसार हामी असोज १ गतेदेखि online कक्षा सञ्चालनको तयारीमा छौं । शुल्कको दायरा 14 सय देखि २२ सम्म राखेका छौं ।

DP Sapkota
Beni Shikshya Sadan, Benighat rorang-5, Dhading

Hari KC
Global United EBS, Arughat

कोविड -१९को जुन असर समुदाय स्तरमा छ येस्ले अझै पनि अन्लाईन कक्षा सन्चालन गर्ने कुरा अन्योल नै छ । राज्य बाट ब्यबस्थित योजन न आउनु र निजि बिद्यालयको हक अधिकारको बारेम कुनै सुनुवाइ हुन सकेको छैन । हामी अझै पनि यहि दिन र यसरी नै अन्लाईन कक्षा सन्चालन गर्छौ भन्न सक्ने अबस्था छैन । सबै अभिभावकको पहुच ईन्टरनेट सुबिधा न भयको अबस्था छ । सहि योजना र पहुच पुग्यो भने छिटो भन्दा छिटो अन्लाईन कक्षा सन्चालन गर्न हामी आतुर छौ ।

Tika Thapaliya
Rising Star EBS, Charaudi, Dhading

पृथ्वी राजमार्ग संगै जाेडिएकाे विधालय हुँदाहुँदै पनि हाम्रो विधालयमा अध्ययनरत अधिक विधार्थी भाइबहिनी दैनिक ज्यालादारी मजदुर, किसान परिवारका छन् । उनीहरु आज सम्म पनि स्मार्ट फाेन, इन्टरनेट सेवाकाे पहुँच भन्दा बाहिर छन् अर्थात उनीहरु अनलाइन कक्षामा समावेश हुने सम्भावना कम हाेइन कुनै सम्भावना नै छैन । यस अर्थमा सिमित हुनेखाने परिवारका बालबालिकालाई मात्र लक्षित गरी अनलाइन कक्षा संचालन गरेर बहुमत गरिबीका रेखामुनिका विधार्थी भाइबहिनीलाई शिक्षा सेवाबाट वञ्चित गर्न किमार्थ न्यायाेचित हुदैन । या त केन्द्र, प्रदेश वा स्थानीय सरकारले उनीहरू जस्ता विपन्न परिवारका बालबालिकालाई नि:शुल्क इन्टरनेट सेवा र साधन उपलब्ध गराउन सक्नुपर्छ । अन्यथा हामी अनलाइन कक्षा संचालन गर्न असमर्थ हुनेछौं । अन्तिम विकल्पका रुपमा हामी संग घुम्ती वा टाेल सिकाइ सहजिकरण कार्यक्रम मात्र सम्भव देखिन्छ । धन्यवाद ।