चीन र भारतबीच पाँच बुदे सहमति

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २६, २०७७

काठमाडौं भाद्र २६ । चीन र भारतबीच लद्धाखमा सैन्य तनाब बढीरहेका बेला चीन र भारतबीच पाँच बुदे सहमति भएको छ ।

बिहिबार साँझ मस्कोमा चीनीया विदेश मन्त्री यागं यी र भारतीय विदेश मन्त्री एस जयशंकरबीच सिमा विवाद समाधानका लागि उक्त सहमती भएको हो ।

पाँच बुदे सहमति अनुसार आपसि मतभेदलाई विवादमा नबदल्ने, सीमा क्षेत्रको तनाव दुबै देशको पक्षमा नभएकाले सैन्य स्तरमा वार्ता जारी राख्ने र माहौल शान्त बनाउने, सीमाका बिषयमा मौजुदा सहमतिको पालना गर्ने र शान्ति कायम गर्ने, सीमानाको बिषयमा बिशेष प्रतिनिधिहरुका बीचमा वार्ता जारी राख्ने, बोर्डरमा शान्ति कायम भए पछि दुबै देशले आपसि सम्बन्ध अगाडी बढाउने सहमति भएको छ । एजेन्सीको सहयोगमा