धादिङ अस्पताललाई बागमती प्रदेशको ७५ लाख सहयोग

Avatar photo
Dhadingpost
भदौ २४, २०७७

धादिङ भाद्र २४ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बागमती प्रदेश बिपद ब्यबस्थापन निर्देशक समितिले धादिङको जिल्ला अस्पताललाई कोरोना रोकथामका लागि ७५ लाख दिने निर्णय गरेको छ ।

१८ करोड २६ लाख विनियोज गरेको मंगलबार सम्पनन उक्त बैठकले धादिङबेसी स्थित आयुर्बेद स्वास्थ्य केन्द्रलाई समेत ३ लाख दिने निर्णय गरेको छ ।

बैठकमा समितिका सदस्यहरू उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक बिकास मन्त्री भौतिक पुर्वाधार बिकाममन्त्री रामेश्वर फुयाल, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बागमती प्रदेशका नेता इन्द्र बानियाँ, प्रदेश नीति तथा योजना आयोगका काबा उपाध्यक्ष श्याम बस्नेत, प्रदेशका प्रमुख सचीव डा. मानबहादुर बिक, प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठ र इन्द्रमाया गुरुङ सहभागी हुनुहुन्थ्यो ।

बैठक विनियोजन गरेको वजेट यस प्रकार छ:

  • काठमाडौका किर्तिपुर नगरपालिकालाई १० लाख
  • शंखरापुर नगरपालिकालाई २० लाख,
  • बुढानिलकण्ठ नगरपालिकालाई २० लाख
  • तारकेश्वर नगरपालिकालाई १० लाख
  • कागेश्वरी मनोहरा नगरपालिकालाई १५ लाख
  • चन्द्रागिरी नगरपालिकालाई १० लाख
  • टोखा नगरपालिकालाई २० लाख
  • मकवानपुरको मनहरी गाउँपालिकालाई १० लाख
  • काभ्रेको धुलीखेल नगरपालिकालाई १ करोड
  • नमोबुद्ध नगरपालिकालाई १५ लाख
  • चितवनको भरतपुर महानगरपालिकालाई १ करोड
  • रत्ननगर नगरपालिकालाई ५० लाख
  • दोलखाको भिमेश्वर नगरपालिकालाई १ करोड
  • धादिङ अस्पताललाई ७५ लाख
  • हेटौंडा अस्पताललाई ५० लाख
  • चौतारा अस्पताललाई २२ लाख
  • भक्तपुर अस्पताललाई ५० लाख
  • ललितपुरको आनन्द बन अस्पताललाई १५ लाख
  • सिन्धुली अस्पताललाई ३० लाख
  • त्रिशुली अस्पताललाई ३० लाख
  • रामेछाप अस्पताललाई ९५ लाख
  • प्रदेशका अस्पतालहरुका लागि स्वास्थ्य सामग्री खरिदका गर्न स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रलाई ७ करोड ६५ लाख
  • ललितपुरको बज्रबाराही अस्पताललाई २५ लाख
  • मकवानपुर र काठमाण्डौका अञ्चल आयुर्बेद अस्पताललाई ५-५ लाख
  • चितवन, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला आयुर्बेद अस्पताललाई ५-५ लाख
  • सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट र धादिङका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रलाई ३-३ लाख
  • रसुवाको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र १ लाख
  • स्वास्थ्य कार्यालय काठमाण्डौ ५० लाख