
धादिङ भाद्र २२ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा भाद्र १५ गते देखि सुरुभएको शिक्षकहरुको एक साता लामो वेविनार सम्पन्न भएको छ ।
२०० भन्दा बढी प्र.अ. र शिक्षक सहभागि उक्त वेबिनारको सहजिकरण प्रशिक्षक डा. वासुप्रसाद सुवेदी गर्नुभएको गाउँपालिकाका शिक्षा संयोजक बोधराज पाठकले बताउनु भयो ।
प्रशिक्षक सुवेदीले एक साता सम्म शिक्षण सिकाईका विविध आयामहरु जस्तै रुबृक्स, मुल्यांकन, ग्रेडिङ, अनलाइन टुल्सहरु (मेन्टिमिटर, गुगल फर्म, पियर डेक) चलाउने, सिकारु केन्द्रित शिक्षण, कक्षा कोठा व्यवस्थापन, कार्यमुलक अनुसन्धान गर्ने तरिकाको बारेमा सहजिकरण गर्नु भएको समेत संयोजक पाठकले धादिङपोष्टलाई बताउनु भयो ।
संशिक्षा अधिकृत कार्यक्रम संचालक बोधराज पाठक, गापा उपाध्यक्ष देविप्रसाद सिल्वालको अध्यक्षतामा भएको समापन कार्यक्रममा विशेष अतिथी भुवन त्रिपाठी र वक्ताहरुमा प्रशासकीय अधिकृत केदार कु. खड्का, राजेन्द्र कोइराला, ईश्वर बाबु रेग्मी, शेरबहादुर अधिकारी, बसन्त महत, तारा पाण्डे, कल्पना सिलवाल, धननारायण श्रेष्ठ, राजेन्द्र पाण्डे, योगेन्द्र प्रसाद सिलवाल, प्रेम खरेल हुनुहुन्थ्यो ।