सहिद सुमित्रा दंगाल र सुनिता गोपालीको आज स्मृति दिवस

Avatar photo
नारायण सिलवाल
शनिबार, भदौ १३, २०७७

धादिङ भाद्र १३ । धादिङ जीवनपुर निवासी सुमित्रा दंगाल तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा ०५९ भाद्र १३ गते सहिद हुनुभएको हो ।

धादिङ जीवनपुर निवासी सुमित्रा दंगाल र मकवानपुर थाहा नगपालिका १ कुण्ठाल निवासी सुनिता गोपाली (विनिता) लाई आजैका दिन ०५९ भाद्र १३ गते तात्कालि सेनाले धादिङ तसर्फुमा हत्या गरेको थियो ।

भाद्र महिनामा मात्र धादिङबाट जनयुद्धको क्रममा ८ जनाले राज्यपक्षबाट माओवादी भएकै कारणले ज्यान गुमाउनु परेको थियो । ति मध्य एक हुनुहुन्छ सुमित्रा दंगाल ।

जिल्लाका हरेक सहिदहरुको स्मृति दिवस कार्यक्रम गर्दै आएको जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङले आज सार्वजनिक कार्यक्रम नहुने जनाएको छ ।

समाजका अध्यक्ष रामबहादुर भण्डारीले कोरोना महामारीका कारण सार्वजनिक कार्यक्रम गर्न सकिएन सहिद सुमित्रा दंगाल स्मृति दिवस मनाउने तयारी भएको हो तर कर्फ्युको कारण स्थगित गर्नु परेको धादिङपोष्टलाई बताउनु भयो । सुमित्रा दंगाललाई स्मरण गर्दै दिपक ठकुरी लेख्नु हुन्छ ।

सहिद सुमित्रा दंगाल (संगिता) को जन्म २०३९ साल बैशाख २८ गते धादिङ जिवनपुर १ मा भएको हो । माता दुर्गादेवी ठकुरी र पिता गुणध्वज ठकुरीको जेष्ठ सुपुत्रीका रुपमा जन्मनु भएको सुमित्रा सानै उमेरदेखि क्रान्तिकारी स्वाभावको हुनुहुन्थ्यो ।

गाउँकै खैरेनी माध्यामिक विद्यालयमा प्राथमिक शिक्षा, ६ देखि ८ सम्म गाउँकै ज्योती मावि केवलपुरमा पढुनु भयो, भने ९ र १० कक्षा पढ्नको लागि नुवाकोटको विरेन्द्र मावि जानु भएको थियो ।

विद्यार्थी जीवन मै ०५३ सालमा अनेरास्ववियु क्रान्तिकारीको सदस्यता लिएर पार्टटाईमरको भुमिका निर्वाह गर्नुहुने सुमित्रा पार्टीको आवश्यकता र आफ्नो चाहनाबमोजिम ०५६ सालमा पार्टीको पुर्णकालिन कार्यकर्ता बन्दै जनयुद्धमा प्रत्यक्ष सहभागिता जनाउनु भयो ।

धादिङबाट जनयुद्धको क्रममा भाद्र महिनामा ८ जना सहिद (विवरण समेत)

तात्कालिन माओवादीका जिल्ला नेताहरु देखि जनता सम्म वैचारिक रुपमा खारिएकी नेतृका रुपमा परिचित सुमित्रा पूर्णकालिन भए सँगै टेक नाम संगिताबाट परिचित हुन थाल्नु भयो ।
जनताका सामान्य समस्यामा समेत पुग्ने संगिता संगठन निमार्ण होस् या जनसहभागितको काममा होस् । सधैं अग्रपंतिमा देखिनु हुन्थ्यो ।

मृत्युको कफनबाँधेर जनमुक्तिको आन्दोलनमा लाग्न पाउनु आफ्नो भाग्य ठान्ने संगिता र मकवानपुर थाहा नगरपालिका १ कुण्ठाल निवासी सुनिता गोपालीलाई ०५९ साल भाद्र १३ गतेका दिन बिहान करिव ४ बजे बैरेनी ६ नेपाली सेनाको बाहिनीबाट खटिएको तात्कालीन शाही सेनाका जल्लादहरुले धादिङ भुमेस्थान १ मा बसेकै घरबाट अपहरण गरि जिल्लाकै तसर्पुको निगाले रातमाटे भन्ने ठाउँमा लगेर चरम यातना दिएर बुलुका ८ बजे गोली हानी हत्या गरेका थिए ।

आज हामी यी नै महान योद्धका कारण परिवर्तित मुलुकमा छौं । मुलुक संघीय नेपाल बनेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा आएको छ, तर पनि जनताले अधिकारको आभास अझै गर्न सकेका छैनन् । स्थानीय तह देखि केन्द्र सम्म नेकपाको दुई तिहाई सरकार छ, तर जनताले कम्युनिष्ट सरकारको आभाष गर्न नसक्नु तितो सत्या हो ।

आज तिनै सहिदहरुलाई सरकारले न्यायोचि सम्मान गर्न सकेको छैन । वेपत्ता योद्धाहरुको अझै पहिचान गर्न सकेको छैन । घाईते अपाङ् भएका योद्धाहरु, सहिद र वेपत्ताका पविारहरुलाई राज्यले अझै यथोचित सम्मान गर्न सकेको छैन । (ठकुरी सहिद सुमित्राको भाई हुनुहुन्छ ।)