
धादिङ भाद्र ५ । तामाङ पत्रकार संघ धादिङले कोरोना भाईरस (कोभिड-१९) को रोकथामका लागि धादिङ माले बगरमा रहेको बालगृह, विभिन्न संस्थाहरुलाई मास्क वितरण गरेको छ ।
शुक्रबार बिहान भएको मास्क वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका सचिवालय सदस्य रामबहादुर भण्डारीले कोरोना भाईरसबाट जोगिनको लागि पहिलो सामाजिक दुरी त्यसपछि मास्क र सेनिटाईजर अनिवार्य रहेको बताउनु भएको छ ।
उत्तरी क्षेत्रबाट आएर बसोबास गर्नेको संख्याको बाहुल्यता रहेको मालेबगरमा तामाङ पत्रकारको मास्क वितरण गर्न पुग्नु भएका भण्डारीले भिडभाडमा जनाने, घर परिवार छिमेकीहरु सँग रहँदा पनि सामाजिक दुरीको ख्याल गर्नुपर्ने बताउनु भएको थियो ।
विमल तामाङको अध्यक्षतामा भएको उक्त मास्क वितरण कार्यक्रममा जिल्लाका तामाङ पत्रकारहरुको सहभागिता रहेको थियो ।