आज रेजिनाको १८ औं स्मृति दिवस ( जीवनी समेत)

Avatar photo
नारायण सिलवाल
सोमवार, भदौ १, २०७७

तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङ जिल्लाबाट ११२ जनाले सहादत प्राप्त गरेका छन् । ति मध्ये एकहुनुहुन्छ, धुवाकोट निवासी रिता श्रेष्ठ उनै रिता जनयुद्धमा पुर्णकालिन भए सँगै कमरेड रेजिना भईन ।

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १४ धुवाकोट गुठी गाउँमा बाबा कृष्ण प्रसाद र आमा तारा देवि श्रेष्ठको चार सन्तान मध्ये तेस्रो सन्तानको रुपमा वि.स. २०४० श्रावण १२ गते रिता श्रेष्ठ क. रेजिना जन्मनु भएको थियो ।

उहाँको, दाजु मोहन कुमार, एक दिदी र भाई सुर्य कुमार हुनुहुन्छ । उहाँले धुवाकोटको सरस्वती माध्यामिक विद्यालयबाट एसएलसि उत्रिर्ण गर्नु भयो । सानै देखि असाध्य नरम, लज्जालु, मिलनसार रेजिना कसैसंग पनि झै झगडा गर्ने र रिसाउने गर्नुहुन्नथ्यो । धुवाकोट गुठी गाउँमा रेजिना ईमान्दार र प्यारी छोरीको रुपमा चिनिनु हुन्थ्यो ।

विद्यार्थी कालदेखि नै उहाँ अखिल क्रान्तिकारी आवद्ध रेजिनाको परिवार पहिले देखिनै जनमोर्चा हुदै माओवादीमा आवद्ध हुनुभएको थियो । सानै देखि महिला विरुद्ध हुने भेदभावको विरोध गर्ने रेजिना २०५७ साल पौष ५ गते जनयुद्धमा पुर्णकालिन हुनुभयो ।

विद्यार्थीको इकाई कमिटी हुँदै सक्रिय बनेकी रेजिना विस्तारै फौजी संगठनमा पनि आवद्ध हुनुभयो र स्क्वायर्ड सह कमाण्डर बन्नु भयो । वि.स. २०५८ साल देखि लापाली जनसास्कृतिक कलाकारमा आवद्ध रेजिना कलाकारको जिल्ला सदस्य हुनुभयो ।

कलाकार कै क्षेत्रिय सदस्य समेत बन्नुभएको रेजिनाको नृत्य, गायन, र संिगतको क्षेत्रमा पनि त्यतिकै अगाडि हुनुहुन्थ्यो । आधारभुत फौजी साथै कलाकारिता सम्बन्धि थुप्रै तालिम लिनु नुभएको रेजिना युद्धमा पनि त्यतिकै कुशल हुनुहुन्थ्यो ।

उहाँ नुवाकोटको तारुका, धादिङ्गको दार्खा चौकी आक्रमणमा सहभागी हुनुभयो । थुप्रै मसाल जुुलुस, फायर जुलुस , सेवोटेजमा सहभागी रेजिना एउटा निडर कुशल कलाकार साथै राम्रो महिला नेतृत्वको रुपमा स्थापित नेतृ हुनुहुन्थ्यो ।

रेजिनालाई धादिङबाट जनदमनको लागि गएका तात्कालिन शाहिसेनाले धादिङ कै रुबीभ्याली गाउँपालिका अन्तरगत सेर्तुङ्गको वतासेमा संगठनको कार्य गर्दागर्दै घेरा हाल्यो । उहाँले घेरा तोड्ने प्रयत्न गर्नूु भयो खुट्टामा गोली लाग्यो ।

तत: पश्चात गिरफ्तार गरि र चरम यातना दिएर पार्टी विरुद्ध सम्पुर्ण पोल खोल्ने कोसिस तात्किालिन सेनाले गरे तर रेजिना कत्ति पनि झुक्नु भएन, झनै चरम यातना दिइयो । दानविय व्यावहारको कडा प्रतिवाद गर्नुभयो, रेजिनाले ।

फलस्वरुप: सोही स्थानमा वि.स. २०५९ भदौ १ गते तात्कालिन सेनाले गोली हानी हत्या गरे सँगै रेजिनाको नाम सहिदको लिष्टमा सूचीकृत हुनपुग्यो ।