
धादिङ साउन ३२ । धादिङमा केहि दिन पहिला लगातार दैनिक जसो कोरोना संक्रमितहरु फेला परे सँगै जिल्ला प्रशासनले भाद्र ३ गते सम्म कर्फ्यु लगाएको छ ।
धादिङका प्रहरी प्रमुख, होटल संचालक, बैंकका कर्मचारी, रेडक्रसका कर्मचारी समेतलाई कोरोना देखियो । अझै नीलकण्ठ नगरपालिका स्थित धुँवाकोटका एक पुरुषको कोरोना भाईरसका कारण मृत्यु भएपछि जिल्ला प्रशासन धादिङले कोरोना रोकथामको लागि साउन २८ गतेदेखि लगाएको कर्फ्यु भाद्र ३ गते सम्म जारी रहने बताईएको छ ।
धादिङमा कोरोना भाईरस पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा रहेकाहरुको पीसीआर परिक्षणको लागि स्वाब पठाईएको मध्ये आईतबार ५४ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यहि अघि पठाईएको १७५ जनाको स्वाब पीसीआर रिपोर्ट आउन अझै बाँकी छ भने आईतबार फेरी जिल्ला अस्पताल धादिङका ३९ जना, नेत्रावती डवजोङ गाउँपालिकाका १६ जना र बेनिघाट रोराङका ११ जना गरी ६६ जनाको स्वाब संकलन गरी पीसिआर परिक्षणको लागि पठाइएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
अहिले सम्म धादिङमा कोरोनाको कारण १ जनाको मृत्यु भई सकेको छ भने १५७ जनालाई कोरोना भएको पुष्टि भैसकेको छ । संक्रमित मध्ये १ सय ३६ निको भएर घर फर्कि सकेका छन् ।