धादिङको नेत्रावती डब्जोङमा बिरामी बोकेको जीप दुर्घटना

Avatar photo
Dhadingpost
बिहिबार, साउन २९, २०७७

धादिङ साउन २९ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर १ स्थित सापटारीमा किन्ताङ फेदीबाट बिरामी ल्याउँदै गरेको जिप दुर्घटना भएको छ ।

नेत्रावती डब्जोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण पौडेलका अनुसार ग १ ज ५३२५ नम्बरको जीप ब्रकफेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा सबै सकुशल रहेको समेत संयोजक पौडेलले धादिङपोष्टलाई बताउनु भयो ।