धादिङका एक कोरोना संक्रमितको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, साउन २८, २०७७

धादिङ साउन २८ । काठमाडौ स्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएका धादिङ धुवाकोट निवासी एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ ।

मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट केही बेर अघि टेकु स्थित जनस्वास्थ्य प्रयोगशालाबाट आएको आफन्तले बताए ।

घटना विवरण यस्तो थियो

धादिङ निलकण्ठ नगरपालिका धुवाँकोटका …तामाङ साउन २६ गते सम्म सकुशल नै थिए । उनी २६ गते सदरमुकाम आए फर्कदा पानी पर्यो, भिज्दै घर पुगे पानीले भिजेर होला ज्वरो आउन लाग्यो भनेर घरमा भनेका पनि थिए ।

त्यसपछि उनीले नुहाए र अनारको जुस खाएपछि ज्वरो बढेर आयो, स्वास प्रस्वसमा समस्या भएपछि उनलाई सदरमुकाम स्थित जिल्ला अस्पताल २६ गते बेलुकी नै ल्याइयो । जिल्ला अस्पतालले फोक्सोमा खराबी भएको जनाए पछि राती ११ बजे काठमाडौ स्थित ह्याम्स अस्पताल लगिएको थियो ।

घरमा पनि हिडेरै गाडी चढेका थिए, भने जिल्ला अस्पताल देखि ह्याम्स अस्पताल सम्म पनि उनी हिड डुल गर्ने र राम्रो बोलचाल मै थिए । तर उनको फोक्सोमा समस्या देखिएको स्वासप्रस्वासमा समस्या देखिए पछि सल्लाहमै अस्पतालले भेन्टिलेटर कक्षमा राख्यो तर दुखद कुरा उनको २७ गते बिहान ४ बजे मृत्यू भएको श्याम तामाङले धादिङपोष्टलाई बताउनु भयो ।

मृत्यु भएपछि अस्पतालले स्वाव परिक्षणका लागि पठायो, टेकु स्थित जनस्वास्थ्य प्रयोगशालाले उक्त विरामीमा कोराना पोजेटिभ भएको रिपोर्ट पठाएको तामाङले बताउनु भयो ।