
काठमाडौं साउन २५ । समाजसेवाका लागि नेपालमा लायन्स क्लव गठन भएको ५० औं वर्षगाँठको अवसरमा छात्रावासमा रहेका दृष्टिबिहिन विद्यार्थीहरुलाई सहयोग गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले गोलढुड़गा स्थित श्री पृथ्वीनारायण माध्यामिक विद्यालयको छात्राबासमा रहेका १६ जना दृष्टिबिहिन विद्यार्थीलाई वर्षगाँठको अवसरमा सहयोग गरेको हो ।
क्लवको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा तारकेश्वर नगरपालिका ५ का प्रमुख बासु गौतम, चर्चित हास्यकलाकार सन्तोष पन्त, क्लस्टर प्रमुख मोहन भट्टराई लगायतको समेत सहभागिता रहेको क्लवका उपाध्यक्ष गोपाल श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।
उक्त कार्यक्रममा मनास्लु टुरिजम र मनास्लु गोरखकालीको सहयोगमा क्लवले दृष्टिविहिन विद्यार्थीलाई व्रेललिपि कपी तथा फलफुलहरू वितरण गरेको थियो ।
यस अघिको समाचार