
धादिङ साउन २४ । लायन्स क्लव अफ काठमाडौं मनासलु गणेश हिमालले आश्रम र मृगौला रोगीलाई स्वास्थ्य सुरक्षाका सामाग्री र आर्थिक सहयोग गरेको छ ।
लायन्स क्लवले सामाखुसीमा रहेको मानव सेवा आश्रमलाई सेनिटाइजर, माक्स र क्लिनिङ सामानहरु र मान्बुका मृगौला रागी सुरेश परियारलाई नगद १० हजार ०३० रुपैयाँ सहयोग गरेको लायन क्लवका उपाध्यक्ष गोपाल श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।
श्रेष्ठका अनुसार नेपालमा लायन्स गठकको ५० वर्ष पुगेको अवसरमा शनिबार उक्त सहयोग कार्यक्रम भएको हो, भने आईतबार पनि लायन्सको सहयोग कार्यक्रम जारी रहने छ ।