
धादिङ साउन २४ । धादिङको गजुरी गाउँपालिकाले कोरोना भाईरस (कोभिड-१९) को रोकथाम गर्न उच्च सतर्कता अपनाउँदै आदमघाट क्षेत्रलाई शील गरेको छ ।
आदमघाट निवासी काठमाडौंमा बस्ने ६२ वर्षिय एक पुरुषलाई कोरोना पोजेटिभ देखिए पछि गजुरी गाउँपालिकाले सूचना जारी गर्दै आदमघाट क्षेत्रलाई शील गरेको हो ।
आदमघाटमा एक साता बसेर काठमाडौं फर्किए लगत्तै कोरोना पोजेटिभ पुष्टि भएकाले ती पुरुषसँग धेरैजना सम्पर्कमा रहेकाले आदमघाट बजार शील गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले धादिङपोष्टलाई बताउनु भयो ।
गजुरी गाउँपालिकाले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण समुदाय स्तरमा फैलन नदिन भौतिक दुरी कायम गर्न, पसलहरु बन्द गर्न , घर बाहिर ननिस्कन, मास्क अनिवार्य, जम्माभेट,भेला नर्गन सबै नागरिकलाई अनुरोध गरेको छ । तस्वीर: आदमघाट धादिङ
