
धादिङ साउन २० । नीलकण्ठ नगरपालिका स्थित धुँवाकोटका दुईजना सहिदहरु हस्त ब. गुरुङ (जिवन) र कौशल्या तामाङ (महिमा) ले आज साउन २० गते, अर्थात् आज भन्दा १८ वर्ष पहिले जनयुद्धको क्रममा सहदत प्राप्त गरेको दिन हो ।
जनयुद्धका प्रखर यी कमाण्डरद्वयले कयौं युद्ध मोर्चाहरुमा विजयी हासिल गरेपनि अन्ततः तात्कालिन सेनाले बाटोमा हिडि रहेको बेला फरक फरक ठाउँबाट गिरफ्तार गरि हत्या गरेको थियो ।
सुन्दा पनि कहाली लाग्दो गरी रातभर पालै पालो बलत्कार गरेर कौशल्याको तात्कालिन शाही सेनाले हत्या गरेको तात्कालिन माओवादी नेताहरु बताउँछन् ।
यी दुई सहिदहरुको स्मरण गर्दै जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङले धुवाकोटमा स्मृति सभाको आयोजना गरेको समाजका अध्यक्ष रामबहादुर भण्डारीले धादिङपोष्टलाई बताए ।
सहिद हस्त ब. गुरुङ (क.जिवन) को जीवनी
धादिङको नीलकण्ठ नगरपालिका स्थित धुवाकोट, खरबारीमा बाबा जित बहादुर गुरुङ आमा बिवी माया गुरुङको आठ सन्तान मध्य पाँचौंसन्तानको रुपमा वि.स. २०२४ साल श्रावण १७ गते हस्त ब. गुरुङ (जीवन) को जन्म भएकोे थियो ।
दाजुहरु भक्त, तेज, भाई भिम, दिदीहरु चन्द्रमाया, बहिनी चोमाया, अनिताको प्रिय पात्र हुनुहुन्थ्यो जिवन । उहाँको जिवन संगिनी सम्झना गुरुङ छोरा अर्जुन तामाङ्ग छोरीहरु अन्जु र सुकुमाया हुनुहुन्छ ।

मध्यम किसान परिवारमा जन्मेका जिवनले कक्षा ७ सम्मको पढाई सरस्वती माध्यामिक विद्यालय धुवाकोटबाट र १० कक्षा सम्मको अध्ययन धादिङबेसी स्थित नीलकण्ठ माविबाट गर्नुभयो ।
सानैदेखि निकै अन्याय सहन नसक्ने स्वभावका जीवन त्यतिकै मिलनसार हुनुहन्थ्यो । मन नपरेको कुरा र अन्यायका विरुद्ध कहिल्यै नझुक्ने जीवन सँग नीलकण्ठ माविमा वर्षदेखि गुण्डागर्दी गर्दै आएकाहरु प्नि नतमस्तक बन्थे ।
सानै देखि समाज सेवालाई प्राथमिकता दिने जिवन हिमचुली युवा क्लवको संस्थापक सदस्य, धुवाकोट रेडक्रस सदस्य, साथै धुवाकोट काउले पात्ले वनउपभोक्ता समितीको संस्थापक सचिव, गाउँको खानेपानी योजनाको पहलकर्ता जस्ता स।माजिक काममा महत्वपूर्ण भुमिका रह्यो ।
२०४५ मा निलकण्ठ माध्यामिक विद्यलयमा अखिल क्रान्तिकारीको कोषाध्यक्ष बनेसँगै उहाँको परिवार राप्रपा पत्यिाग गर्दै कम्युनिष्ट बनेका थिए । वि.स. २०५३ मा पार्टी सदस्यता प्राप्त गर्नुभएको जिवन २०५५ साल श्रावण १७ गते देखि जनयुद्धमा भुमिगत हुनुभएको थियो ।
पुर्णकालिन भएको सुरुदेखिनै फौजी जिम्मेवारी पाएका जिवन स्क्वायड कमाण्डर पनि बन्नु भयो । वि.स. २०५६ मा एसिएम भएका जिवन वि.स. २०५७ मा जिल्ला सदस्य बन्नु भयो । जिवनले थुप्रै फौजी कार्बाहीमा सहभागिता जनाउनु भयो । गोरखा ताकुकोट, नवलपरासीको चौकी दुम्किबास, नुवाकोटको सामरी, तारुका, धादिङको दार्खा, मैदी, स्याङजाको सदरमुकाम खाल्टे काउलेको एम्बुस थुप्रै कार्बाहीलाई विजयमा पुर्याएका जिवनलाई एक विशिष्ट ब्यक्तिका रुपमा तात्कालिन माओवादीले हरेको थियो ।
संगठन कै कामको शिलसिलामा कटुन्जेको भोटेपधेरोमा शाही सेनाका सुराकी स“ग भना भन र हात हाला हाल भयो, त्यतिकैमा उहाँलाई गिरफ्तार गरि लगियो र चरम यातना दिइयोे । साङ्कोसको जुम्रेभन्ज्याङ्ग लगेर चरम यातना दिएर हत्या गर्यो ।
कयौं युद्धहरुमा सहजै जित हाँसिल गरेका जिवनले विना लडाई वि.स. २०५९ साल श्रावण २० गते तात्कालिन शाही सेनाको हातबाट चरम यातना भोग्दै मृत्यू वरण गर्नु परेको थियो ।
महान् सहिद कौशिल्या तामाङ (क.महिमा) को जीवनी
धादिङ नीलकण्ठ नगरपालिका १४ धुवाकोट, पात्लेमा पिता धन ब. तामाङ र माता नन्द कुमारी तामाङको गर्भबाट वि.स. २०४२ साल असोज १५ गते दोस्रो सन्तानको रुपमा कौशिल्या तामाङ (महिमा) जन्म भएको थियो ।
वाल्यकाल देखि नै निकै संघर्षरत कौशिल्या तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा सहभागि भए सँगै महिमाको रुपमा स्थापित हुनुभयो । महिमाले गा“उकै गौरी शंकर आधारभुत विद्यालयबाट ५ कक्षा पास र १० सम्मको पढाई सरस्वती माध्यामिक विद्यालय धुवाकोटबाट गर्नभएको हो ।

विद्यार्थी हुँदा अखिल क्रान्तिकारीे स्कुल इकाई कमिटी सदस्य हुँदै राजनीति यात्रा तय गर्नुभएको महिमा मिहीनेती, कम बोल्ने, साहसी, उत्पिड विरोधि निकै सक्रियता हुनुहुन्थ्यो । विहानीले दिउँसोको संकेत गर्छ भनेझै सानै देखि क्रान्तिकारी लक्षण देखाउने महिमा वि.स. २०५८ साल मसिंरबाट तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा पुर्णकालिन हुनुभयो ।
पुर्णकालिन पश्चात धादिङ्गको स्वायडमा सह–कमाण्डर हुनुभयो । साथै लापाली जनसास्कृतीक परिवारको जिल्ला सदस्य भएर जनवादी संस्कृतिको आन्दोलनमा सरिक सरिक महिमा वि.स.२०५८ मा नै पार्टी सदस्य बन्नुभएकी बन्दै वि.स. २०५९ सालमा एसीएम हुनुभएको थियो ।
शारीरिक रुपमा हृष्टपुष्ट महिमाले कुनैपनि पुरुषले भन्दा कम भुमिका निभाइनन् । तालिममा सहयोद्धा पुरुषहरुलाई हम्मे–हम्मे पार्ने महिमा निकै क्रियाशिल थिइन । धादिङकै लापामा आन्तरिक दुर्घटनामा परी गम्भिर घाइते भएकी महिमा क. ज्वलन्त शहिद हुनु भयो भने उहा बा“च्न सफल हुनुभयो ।
सेवोर्टेज, मशाल जुलुश, फायर जुलुसमा सहभागी महिमाको कला क्षमता देखेर जिल्ला पार्टीले कलाकारमा सरुवा गर्यो । उहाँ पार्टीको सम्पर्कमा जाँदै हुनुुुहुन्थ्यो र किम्ताङ फेदीमा लुकेर बसेको तात्कालिन शाहिसेना सँग जम्काभेट भयो । किन्ताङ फेदीपुलमा फुत्कन धेरै कोसिस गर्नुभएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए पनि अन्ततः दुश्मनको पन्जाबाट फुत्कन सक्नु भएन र गिरफ्तारीमा पर्नुभयो ।
किन्ताङ केहीमाथी जंगलमा लगेर तात्कालिन शाही सेनाहरुले रातभरि पालैपालो सामुहिक बलत्कार गरे, जंगलमा ठुलो कोलाहल मच्चियो, आत्म–समपर्ण गराउन धेरै प्रयत्न गरे तर उहाँ कत्तिपनि विचलित नभई आफुमाथी भएको दानविय नृत्य सामना गरेको उहाँको शवले प्रष्ट पार्दथ्यो ।
जंगलमै चिच्याउन थालेपछि उहाँलाई बेहोस बनाइयो र चरम यातना पश्चात गोली हानी हत्या गरियो । यसरी एक साहसी निर्भिक क्रान्किारी महिमाले वि.स. २०५९ साल श्रावण २० गते, महान् जनयुद्ध र संसारका उत्पिडित महिलाहरुको पक्षमा साहादतलाई सहर्ष स्विकार्नु भयो ।