बेनीघाट तेक्वान्दो डोजाङलाई किक प्याड प्रदान

Avatar photo
Dhadingpost
बिहिबार, साउन १५, २०७७

धादिङ साउन १५ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिं तामाङले बोनीघाट तेक्वान्दो डोजाङलाई किक प्याड सहयोग गरेका छन् ।

०७३ सालमा बेनीघाटमा स्थापना भएको यस बेनिघाट तेक्वान्दो डोजाङमा अहिले ९० जनाले नियमित सिक्दै आएका छन् ।

Suman Shrestha ( 4th Dan Black Belt Taekwondo) ले प्रशिक्षण दिने यस डोजाङ अवलोकनमा गएका अध्यक्ष प्रतापसिं तामाङ किक प्याड सहयोग गरेका थिए । \

डोजाङका लागि अत्यन्त अवश्यक सामाग्री भित्र पर्ने किक प्याड सहयोगको लागि धन्यावाद दिँदै सुस्ताएको धादिङको खेलकुद विकासलाई गति दिन प्रशिक्षक श्रेष्ठले आग्रह गरेका थिए ।