बागमती प्रदेशले विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत दिने

Avatar photo
Dhadingpost
आइतवार, असार २८, २०७७

काठमाडौं असार २८ । बागमती प्रदेश सरकारले विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

वागमती प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश भित्रका जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल बताए ।

अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी बागमती प्रदेशमा ज्यान गुमाउने अहिलेसम्मका २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने समेत प्रवक्ता ढुंगेल बताए ।