धादिङमा पार्टी प्रवेसको होडबाजीः खनियाबासमा नेकपामा प्रवेस, नीलकण्ठमा काँग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
आइतवार, असार २१, २०७७

धादिङबेसी असार २१ । चुनावको आसपासमा लाग्ने पार्टी प्रवेसको होडबाजी धादिङ अहिले नै सुरु भएको छ । नेताहरु आफ्नो पार्टीमा प्रवेस गराउने होडमा देखिन्छन् भने प्रवेस गर्नेहरुको पनि केहि अडान देखिने गरेको छैन ।

एक दिन एउटामा प्रवेस गर्ने र फेरी केहि दिन पछि पुरा नै पार्टीमा फर्कने गरको पनि देखियो । पछिल्लो समय शुक्रबार केहि दिन पहिला काँग्रेसमा प्रवेस गरेकाहरुलाई धुँवाकोट पुगे नेकपा नेता रामहादुर भण्डारी र सांसद डा. रामकुमार अधिकारीले फिर्ता ल्याएका थिए ।

यस्तै शनिबार काँग्रेसले फेरि नीलकण्ठ नगरपालिका–२ मा जुङेका ८० जना लाई पार्टी प्रवेस गराएको छ । नव प्रवेसीहरुलाई काँग्रेसका जिल्ला सभापति रमेश धमलाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

यसैगरी खनियाबास गाउँपालिका कुरीगाउँ र बृचेतका ५० जना भन्दा बढी युवाहरुलाई नेकपाका युवा नेता तथा बागमती प्रदेश साहित्य कला साँस्कृतिक विभागका प्रदिप फ्यूवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गराएका छन् ।

धादिङमा पछिल्लो समय देखिएको पार्टी प्रवेसको होडबाजी