
धादिङ असार १९ । धादिङको खनियाबास गाउँपालिकाले प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको शिर्षकमा छुट्याएको वजेट पास गराउन यो लकडाउनको समयमा पनि कुनै प्रवाह नगरि फाइनल खेल शुक्रबार गराएको छ ।
माघको पहिलो साता सुरु भएको यस फुटबल प्रतियोगितामा एक जनाको ज्यान जाने गरि विवाद भएपछि स्थगित भएको थियो । गाउँपालिकाको सहयोगमा लालीगुँरास युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको लागि विनियोजित रकम प्रतियोगिता सम्पन्न नभएका कारण भुक्तिनी रोकिएकोले गाउँपालिका प्रमुख रणबहादुर तामाङको प्रमुख आतिथ्यतामा शुक्रबार फाइनल खेल गरिएको हो ।
फाइनल खेलमा कुरी ए टीम र आयोजक बीच भएको फाइलन खेलमा कुरीको १ गोल नै निर्णायक एक गोल भयो र आयोजक लालीगुँरास युवा क्लव पराजित भयो ।

यो लकडाउनको बेला वजेट पास गराउन कै लागि गाउँपालिका प्रमुख कै उपस्थितिमा फुटबल प्रतियोगिता हुनुले राम्रो सन्देश नगए पनि उक्त प्रतियोगिताले खेलाडीहरुमा खेल प्रति थप उत्साह पैदा गरेको छ ।

उक्त प्रतियोगिता रोकिने गरि, एक जनाको ज्यान गएको उक्त घटना जान्न तलको समाचार हेर्नु होला