धादिङ दार्खामा राती, एकको हत्या, एक घाईते

Avatar photo
Dhadingpost
बुधबार, माघ ८, २०७६

धादिङ माघ ८ । धादिङ खनियाबास गाउँपालिका स्थित दार्खाको घ्याङ्सा आगो फुक्ने ढुङ्ग्रोले हानेर सन्ते भनिने सन्त तामाङको हत्या भएको छ, भने घाईते रविन तामाङलाई उपचारको लागि काठमाडौ लगिएको छ ।

घटनामा संलग्न नेत्रावती डब्जोङ १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

दार्खामा जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको रेफ्रि समेत रहेका रोशन तामाङ र राम तामाङ दाजुभाई हुन् ।

प्रहरीका अनुसार फुटबल प्रतियोगितामा भएको विवादले उग्र रुप लिएपछि यो घटना भएको हो । थप अनुसन्धान जारी छ । राम तामाङ यस अघि पनि विभिन्न घटनामा अवद्ध रहेको प्रहरीको रेकर्डमा उल्लेख छ ।