
धादिङ असार १२ । धादिङको गल्छी गाउँपालिकाल आर्थिक वर्ष २०७७ ७८ को लागि ६६ करोड ७ लाख ८१ हजार रुपैँयाको बजेट ल्याएको छ ।
असार १० गते भित्रमा गाउँसभा गरि सक्नु पर्ने प्रवाधान भएपनि गल्छी गाउँपालिकाले विहिबार गाउँसभा गर्दै नीति तथा कार्यक्रम र अनुमानित बजेट पास गरेको हो ।
गल्छीको बजेटमा विशेष समपुरक र ससर्त अन्र्तगत २२ करोड १४ लाख ११ हजार, गाउँपालिका तर्फबाट समपुरक ३ करोड ७५ लाख, अनिवार्य दायित्व अन्तर्गत १५ करोड ३६ लाख ५५ हजार, पुर्वाधार बाहेक विषयगत तर्फ ६ करोड ४८ लाख ३७ हजार, वडा स्तरिय योजना अन्तर्गत ६ करोड ३० लाख र गाउँपालिका स्तरिय योजना अन्तर्गत १२ करोड ३ लाख ७८ हजार रुपैँया खर्च हुने अनुमान गरिएको छ ।