
काठमाडौं असार ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बिहान ९ बजे बस्ने भएको छ ।
संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा पनि वैवाहिक अङ्गीकृत नागरिकताको सवाल पेचिलो बनिरहेका बेला छलफल गर्न सचिवालय बैठक बस्न लागेको बताईएको छ ।
लामो समयदेखि संसदमा अड्किएको यो विधेयकलाई टुंगो लगाउनुपर्ने दबाबमा रहेको सरकारले पार्टीभित्र पनि सहमति खोज्ने प्रयास गरिरहेको छ । छिल्लो पटक नेकपा सचिवालय बैठक बस्दै नबसी स्थगित हुँदै आएको छ।
यसअघिका बैठकका एजेण्डा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रहँदै आए पनि आजको बैठकको मुख्य एजेण्डा नागरिकता विधेयक रहनेछ स्रोतले बतायो । यद्यपि, बैठकमा एमसीसी सहितका विषयमा समेत छलफल हुने ठानिएको छ ।
