
काठमाडौं जेष्ठ २९ । जजिरा एयरवेजका दुई वटा उडान मार्फत आममाफी पाएका ३ सय महिलालाई महिलाहरुलाई कुवेत सरकारले काठमाडौ ल्याई दिएको छ ।
आममाफी पाएर कुवेतको सेल्टरमा रहेका ३ सय महिलाहरुलार्ई कुवेत सरकारले आफ्नै खर्चमा बिहीबार दिउँसो ३ बजे काठमाडौं ल्याइदिएको हो ।
कुवेतमा आममाफी पाएका २ हजार ९ सय ९१ लाई पहिलो चरणमा दैनिक २ वटा उडानमार्फत् नेपाल आउने छन् ।
कुवेतबाट स्वदेश फर्कन नेपाल सरकारले आममाफी पाएकालाई पहिलो प्राथमिकतामा राखेको थियो। आममाफी पाएर झन्डै २ महिना स्वदेश फर्कन नपाएका उनीहरुलाई बुधबारदेखि नै स्वदेश फर्काउने भनिएपनि प्राविधिक कारण उडान रोकिएको थियो । फोटो स्रोतः एनएफपीजे नेपाल