आरबी स्याङदनको संयोजनमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७७

सन्दिप स्याम्चेन तामाङ
धादिङ जेष्ठ २९ ।
आरबी स्याङदनको संयोजनमा रहेको स्याङदन युवा समाज र तामाङ समाजले खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

नोबेल कोभिड १९ कोराना भाइरसका कारण खाद्यान्न अभाव भएका २५० परिवारहरुलाई ५ लाख बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री आरबि स्याङदनको संयोजनमा रहेको स्याङदन युवा समाज र तामाङ समाजले प्रदान गरेको हो ।

गायक, संगीतकार, गितकार अनि एरेन्जर आर बि स्याङदनले विगत दुई महिना देखि नै खाद्यान्न अभावमा रहेका बौद्ध, जोरपर्टी, धुम्बरही बाँस वारि, नया बजार, डल्लु, ललितपुर, सुनकोशी गाउँ पालिका वडा २ ओखलढुंगामा परिवारलाई सहयोग गर्दै आएको धादिङपोष्टलाई बताए ।

दाल, चामल, नुन, तेल, साबुन, धारा जडान गरिएको बल्टिन, सेनीटाइजर, माक्स, पन्जा लगायतका सामाग्रीहरु ५ लाख बराबरको राहत दिइएको उनले बताए ।

उत्कृष्ट रेकर्डिङ स्टुडियोको अवार्डबाट सम्मानित आरबी स्याङदनले हलेसी डिजिटल रेकर्डिङ स्टुडियो संचालन गर्दै आई रहेका छन् ।