
काठमाडौं जेष्ठ २८ । यस वर्षको एसईई परिक्षा नगर्ने र विद्यालयकै मूल्याँकनलाई मान्यता दिन शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ । साविककै शैलीमा परीक्षा गर्न नसकिने निष्कर्श साथ मन्त्रालयले तयार गरेको उक्त प्रस्ताव बुधबारको मन्त्रीपरिषद लगिएको छ ।
मन्त्रीपरिषद्ले उक्त प्रस्ताव हुवहु पारित गर्यो भने यो बर्ष कक्षा १० को परीक्षा हुने छैन । आगामी बर्ष देखि प्रदेश स्तरमा सञ्चालन हुने छ ।
परीक्षाका बारेमा सुझाव दिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलको संयोजकत्वमा गठन गरेको समितिले पनि परीक्षा गर्न सुझाव दिए पछि उक्त अन्योल थप बढेको थियो ।
यस्तो प्रतिकुल अवस्थामा परीक्षाको रटान लगाउनुको औचित्य नभएको भन्दै आलोचना भए पछि मन्त्रालयले नयाँ प्रस्ताव मन्त्रीपरिषदमा लगेको हो ।