धादिङबेसीको ४० वटा टेन्ट क्वारेन्टाइन प्रयोगमा आएन

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २८, २०७७

धादिङबेसी जेष्ठ २८ । धादिङ स्थित खुल्ला मञ्चमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणका निमार्ण गरिएको क्वारेन्टाइन प्रयोगमा आएन ।

कोरोना भाइरसका सङ्कास्पद व्यक्तिलाई राख्न जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइमा चैत्र १२ गते नेपाली सेनाले क्वारेन्टाइन तयार गरेको थियो ।

प्रदेश सरकारले ६० वटा टेन्ट पठाए पनि खुल्ला मञ्चमा ४० वटा मात्र क्वारेन्टाइन कक्ष बनाईएको थियो त्यो पनि अहिले प्रयोगमा न आएकोले स्थानीय तह र संघ संस्थालाई दिने तयारी गरिएको छ ।

कोभिड १९ लाई मध्यनजर गर्दै धादिङबेसीस्थित खुल्लामञ्चमा चैत्र १२ गते ४० वटा टेन्ट राखेर ८० जना बस्न मिल्ने गरि बनाइएको क्वारेन्टाइन प्रयोगमा नआए पछि स्थानीय तह र संघ संस्थालाई दिईने भएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सिएमसिको बैठकले खुल्ला मञ्चको ४० वटा क्वारेन्टाइन बनाईएको टेण्ड स्थानीय तह र विभिन्न संघ संस्थालाई वितरण गर्ने निर्णण गरेको हो ।