
धादिङबेसी जेष्ठ २७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले कोरोना भाईरस (कोभिड-१९) को संक्रमण रोक्न भएको लकडाउनका कारण विद्यालय बन्द भए सँगै अनलाइन कक्षा सुरु गरेको छ ।
प्याब्सन धादिङ सँग आवद्ध एड्भान्स एकेडेमीले कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई घर मै बसेर पढ्न सक्ने गरि अनलाइन कक्षा सुरु गरेको हो ।
एड्भान्स एकेडेमीले वैकल्पिक प्रणालिबाट आफ्ना विद्यार्थीहरुको सिकाइ सहजीकरणलाई निरन्तरता दिन कक्षा ७ देखि १२सम्मालाई दुर शिक्षाको रुपमा नि:शुल्क अनलाइन कक्षा सन्चालन गरिएको एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए ।
Advance Academy apps मार्फत कक्षा ७ देखि १२ सम्माको विद्यार्थीहरुको लागि अहिले अनलाइन कक्षा संचालन भए पनि अन्य कक्षाको पनि केही दिनभित्रै कक्षा संचालन हुने एशोसिएट प्रिन्सिपल श्रेष्ठले बताए ।