भकारेमा ट्याक्टर दुर्घटना, ४ जना घाईते

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २७, २०७७

धादिङ जेष्ठ २७ । धादिङको नीलकण्ठ नगरपालिका १० स्थित भकारेमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

सोमबार राती १० बजे भएको उक्त दुर्घटनामा परि नीलकण्ठ १० का कृष्ण बहादुर ईटनी, राजु बिसुन्के, सुवास बिसुन्के र सिताराम बिसुन्के घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले बताए ।

धादिङबेशीबाट सल्यानटार जाँदै गरेको बा च ६ १८९९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खेतमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ४ मध्ये ३ जनालाई थप उपचारको लागी ट्रमा सेन्टर रिफर गरिएको र १ जनालाई भने सामान्य उपचार पश्चात डिस्चार्ज रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले बताए । तस्वीरः नारायण कुमार श्रेष्ठ