तिलोत्तमामा पाँच जनाको हत्या

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २७, २०७७

काठमाडौं जेष्ठ २७ । रुपन्देही तिलोत्तमा नगरपालिका १० स्थित मैनहवामा पाँच जनाको सोमबार राती सामूहिक हत्या भएको छ ।

डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताएका छन् । प्रहरी स्रोतका अनुसार फरुवा प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन् ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय गाईभैंसी फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए ।

प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।