नेपालको ७० जिल्लामा कोरोना, संक्रमित ३ हजार २३५ पुगे, १३ जनाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७७

काठमाडौंजेष्ठ २४ । नेपालमा शनिबार सम्म ७० जिल्लामा कोरोना फैलि सकेको छ भने हाल सम्म संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा शनिबार मात्र ३२३ थपिएको बताए सँगै हाल सम्म संक्रमितको संख्या ३ हजार २३५ पुगेको हो ।

शनिबार उपत्यकामा भेटिएका एक सुरक्षाकर्मी, दुई सुत्केरी

शनिबार काठमाडौं र भक्तपुरमा २ सुरक्षाकर्मी र अन्य ३ जना गरी ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखामा बस्दै आएकी प्रहरीकी श्रीमती, भेनस अस्पतालमा शल्यक्रियामार्फत् सुत्केरी भएकी एक महिला, प्रहरी अस्पतालमा डायलाइसिस गराइरहेका एक पुरुष र कोटेश्वरमा कार्यरत अर्का एक प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी, भक्तपुरमा अर्की एक सुत्करीमा पनि कोरोना संक्रमण देखिएको छ । काठमाडौं मेडिकल कलेजमा संक्रमण देखिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा परीक्षण गर्दा ती सुत्करीमा कोरोना पोजिटिभ देखिएको हो ।

नेपालमा कोरोनाबाट मृतक हुनेको संख्या १३ पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो । उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ