
धादिङ जेष्ठ । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकामा भारतबाट फर्किएकाहरुको आरडिटी परिक्षण गर्दा ३१ जनामा पोजेटिभ देखिएको छ ।
नीलकण्ठ नगरपालिकाको विभिन्न क्वरेन्टाईनमा रहेकाहरु २४३ जनालाई आरडिटी गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
नीलकण्ठ नगरपालिका धादिङले करिब ५०० वटा आरडिटि किट आफैले खरीद गरि भारतबाट आएका नागरिकहरुको परीक्षण गरेको स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।
भारतबाट नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाइनमा २२ जना, धुवाँकोटमा ६३ जना, नीलकण्ठ बहुमुखी क्याम्पस र स्कुलमा गरी २४१ जना, बालमन्दिर माध्यमिक विद्यालय नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को क्यारेन्टाइनमा ३९ जना, धुसेनी आधारभूत विद्यालय वडा नम्बर १ मा ३ जना गरी कुल ३७० जना रहेका छन् ।
आरडिटि रिपोर्ट पोजेटिभ आउनेहरुको स्वाब परीक्षणको लागि शुक्रबार स्वाब सङ्कलन गरेर हेटौडा पठाउने तयारी भईरहेको स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । \
यस अघि धादिङमा आरडिटी रिपोर्ट पोजेटिभ आएको सबैको पीसीआर रिपोर्ट सबैको नेगेटेभि आएको थियो । धादिङमा अहिले सम्म कोरोना भाईरसबाट संक्रमितको संख्या ५ पुगेको छ भने ३ जना निको भएर फर्कि सकेका छन् भने २ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।