
काठमाडौं जेष्ठ २२ । नेपालमा केहि दिन यता कोरोना भाईरस (कोभिड १९) बाट संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ । बिहीबारमा ३३४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका जानकारी दिएका छन् ।
यो संख्या सँगै कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा एकजना संक्रमित भेटिएका छन् । नारायणी अस्पताल पर्सामा पर्साका १५ वर्षीया किशोरीमा संक्रमण देखिएको छ ।
त्यसैगरी बीपी प्रतिष्ठान धरानमा १८ जना पोजेटिभ आएका छन् । जसमा झापा भद्रपुरको क्वारेन्टाइनमा रहेका ३ जना पुरुष, ताप्लेजुलङ घर भइ भोक्राहा सुनसरीको क्वारेन्टाइनका एकजना पुरुष, मोरङ घर भइ भोक्राकै क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुष र सप्तरीका १२ जनामा संक्रमण पुष्टि भएको छ । हेटौंडामा नौँजनामा पोजेटिभ देखिएको । जसमा सातजना बाराका रहेका छन् ।
त्यसैगरी कमलामाई सिन्धुलीका एकजना पुरुष रहेका छन् । रौतहतका एकजना पुरुष पनि रहेका छन् । पोखरामा गरिएको परीक्षणमा १६ जनामा पुष्टि भएको छ । म्याग्दीका १ जनामा देखिएको छ भने बागलुङका नेसीखोलका १० जनामा संक्रमण पुष्टि भएको छ । पर्वतका ४ जनामा पनि पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टाइनमा छन् ।
त्यसैगरी स्याङ्जा कालीगण्डकीका एकजनामा पनि संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा तीनजनाको पोजेटिभ आएको छ । जसमा डोटीको क्वारेन्टाइनमा रहेकामा संक्रमण देखिएको हो ।
भेरी अस्पतालको प्रयोगजशाामा ४२ जनाको पोजेटिभ आएको छ । जसमा बाँकेको नेपालगञ्ज र जानकी गाउँपालिकामा रहेका छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको पाजेटिभ आएको छ । सबैजना कपिलवस्तु कृष्णनगरका पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जनामा पुष्टि भएको छ । उनीहरु सबै दाङका रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०६ जनाको पोजेटिभ आएको आएको छ । जसमा १०५ जना दैलेखका छन् । उनीहरुमध्ये १०५ जना नारायण नगरपालिकाका हुन् । जहाँ ५ जना महिला र १०० पुरुष संक्रमित भेटिएका हुन् । मुगु खत्याडका एकजनामा पनि पुष्टि भएको छ । कोशी अस्पताल बिराटनगरको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरुमा झापाका २ जना र खोटाङ हलेसीका तीनजना रहेका छन् ।
प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै दैलेखका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा बाराका ५ जना, धनुषा जनकुपरका ६ जना छन् । कपिलवस्तु ओढरी मावि, जनचेतना मावि र यशोधरामा १२ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै महोत्तरीका तीजना र रौतहटका ६४ जना रहेका छन् । त्यहाँ ६ महिने बालिकासहित तीनजना महिला र ८ वर्षीय बालकसहित ६१ जना पुरुष छन् । त्यसैगरी सर्लाहीका ३ जनामा पनि संक्रमण देखिएको छ ।
