राष्ट्रिय जनमोर्चाको संशोधन प्रस्ताव दर्ता, संघीयता खारेजीको माग

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २२, २०७७


काठमाडौं जेष्ठ २२ । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संशोधन प्रस्ताव दर्ता गाएको छ ।

राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै जनमोर्चले संशोधन विधेयक दर्ता गरेको हो ।

संविधान सभादेखि नै संघीयताको विरोध गर्दै आएको जनमोर्चले अहिले स्थानीय तह देखि प्रदेश तह सम्मका जन प्रतिनीधिहरुको कार्य शैलिका र ठुलो धनराशी खर्च हुने गरी व्यवस्थापन गर्नु पर्ने आर्थिक संकलनका लागि बढाईएको कर अपायक प्रदेश राजधानी कारण अफ्ठ्यारोमा परेको जनमतलाई सम्बोधन गर्ने गरि घीयता खारेजीको माग गर्दै संशोधन विधेयक दर्ता गराएको एक नेताले बताए ।

देशले संघीयता धान्न नसक्ने भएकाले संघ र स्थानीय तह कायम हुनेगरी संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए । संघीयता खारेज गरी स्थानीय निकायलाई बलियो बनाउने गरी अधिकार प्रदान गर्नुपर्ने उनले बताए ।

नेपाल पछाडि पर्नुको कारण एकात्मक शासन प्रणाली नभएको उल्लेख गर्दै उनले संघीय प्रणालीले समस्या समाधान नहुने दाबी गरे । आफूहरुले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको दावी गरेका छन् ।