संक्रमित २३ वर्षिय गर्भवती बस्ने हिटी गाउँ सिल

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २१, २०७७

धादिङ जेष्ठ २१ । धादिङको सिद्धलेक गाउँपालिका ५ कुम्पु स्थित हिटी गाउँलाई सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल सहित बसेको जिल्ला सुरक्षा समितिको वैठकले स्थानीय प्रशासन ऐन अनुसार सिल गरी निषेधाज्ञा जारी गरेको छ ।

हिटी निवासी २३ वर्षिय गर्भवती महिलालाई मंगलबार कोरोना भाईरसको संक्रमण भएको पुष्टि भए सँगै बुधबार बिहान बसेको सुरक्षा समितिको बैठकले उक्त गाउँलाई सिल गरी निषेधाज्ञा जारी गरेको हो ।

कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो बीचको सीमाक्षेत्र सिल गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङले बताए ।

धादिङ जिल्ला अस्पतालमा ३ घण्टा उपचार गराई, जेष्ठ १४ गते थप उपचारको लागि काठमाडौं स्थित थापाथली परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचारत ति महिलालाई मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

अस्पतालका निर्देशक प्रा. डा जागेश्वर गौतम अनुसार संक्रमित महिला ६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना भएकी थिईन् । उक्त संक्रमित गर्भवती महिलाको सम्पर्कमा आएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी कन्ट्याक्ट ट्रेसिङमा छन् । फोटोः राजाराम शर्मा