धादिङको नेत्रावती डब्जोङमा ६७ जना क्वारेन्टाईन

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २०, २०७७

धादिङ जेष्ठ २० । धादिङ नेत्रावती डब्जोङ गाउँपालिमा छिमेकी मुलुक भारतबाट यो साता फर्किएका ४ महिला सहित ६७ जनालाई क्वरेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

आरडिटी परिक्षण नगराएका र क्वरेन्टाइनमा समेत नबसेका उनीहरुलाई विभिन्न ५ वडामा बनाईएको ६ वटा क्वरेन्टाइनमा नेत्रावती डब्जोङ गाउँपालिकाले राखेको हो ।

जसमा कन्यादेवी आधारभुत विद्यालयमा बनाईएको क्वारेन्टाइनमा ४ महिला र २७ पुरुष गरि ३१ जना राखिएको छ ।

यस्तै चौतारा माध्यामिक विद्यालयमा बनाईएको क्वरेन्टाइनमा १२ जना, नीरन्जना माध्यामिक विद्यालयमा ९ जना, शान्ति आधारभुत विद्यालयमा ७ जना, शान्तकिाली आधारभुत विध्यालयमा ५ जना र नारायणी आधारभुत विद्यालयमा ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

नेत्रावती डब्जोङका प्रमुख दुर्गाकुमार शाक्य आफै भारतीय सिमानामा रहेको विभिन्न क्वारेन्टाईनमा पुगि नेत्रावती डब्जोङका नागरिकहरुलाई लिएर फर्किएका थिए ।

यस अघि प्रकाशित नेत्रावती डब्जोङको खवरको लागी यो लिङ्कमा क्लिक गर्न होला ।