
काडमाडौं जेष्ठ १९ । नेपालमा सोमबार एकै दिन २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।
हाल सम्म नेपालमा ७१ हजार ९०३ पीसीआर परिक्षण गर्दा १ हजार ७९८ जनालाई कोरोना पोजेटिभ देखिएको छ, जसमा २२१ जना निको भएर पफर्कि सकेका छन् भन कोरोना भाईरस कै कारणले मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
यस मध्य धादिङ जिल्लामा ३ जनालाई कोरोना भाईरसको पुष्टि भएको थियो उनीहरु निको भएर घर फर्कि सकेका छन् । धादिङमा सोमबार मात्र भारतबाट आएका मानिसहरुको आरडिटी परिक्षण गर्दा १२ जनामा पोजेटिभ देखिएकोले पीसीआर परिक्षणका लागि पठाइएको छ ।
