भारतमा आएका नेपाली लिएर फर्कदै गरेका गाडी दुर्घटना, ११ जनाको मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १९, २०७७

दाङ जेष्ठ १९ । भारतमा रहेका नेपालीहरु लिएर फर्किएकोगाडी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति करीव१२ बजे तिर भएको उक्त दुर्घटनाका घाईतेहरुको भेरी अस्पताल र नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालको शव गृहमा राखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अनलाइनखबरसँग भने, ‘भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको मृत्यु भयो । चार–पाँच जनाको अवस्था गम्भीर छ ।’