
काठमाडौं जेष्ठ १५ । सरकारले युवा तथा खेलकुद विकासका लागि २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका र अन्य क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक रकम बिनियोजन गर्ने, सबै प्रदेशमा युवा नवप्रवद्र्धन केन्द्र स्थापन गरिने, युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिने, शारीरिक विकास तथा खेलकुदको विकासका लागि पूर्वाधारुको निमार्ण गर्ने, बजेटमा उल्लेख छ ।
नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक रकम बिनियोजन र कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुदको विकासका लागि कर्भडहल बनाउने, सबै स्थानीय तहमा खेल ग्रामको विकास गरिने लगायत कार्यक्रम वजेटमा समावेश गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ का लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा खेलकुदलाई सरकारले महत्वपूर्ण शिर्षकमा राखेको बताएका थिए ।