
धादिङ जेष्ठ १३ । धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ७ ले राहात वितरणमा अनियमिता गरेको आरोपमा वडा कार्यालय तालाबन्दी गरिएको छ ।
वडा कार्यलयलले आफु खुसी पार्टीगत मनसायबाट राहात वितरणमा अनियमिता गरेको आरोप लगाउँदै नेपाली काँग्रेस सिद्धलेक गाउँपालिका वडा नम्बर ७ ले मंगलबार वडा कार्यालय ताला बन्दी गरेको हो ।
नेपाली काँग्रेस सिद्धलेक गाउँपालिकाका सह सभापति रामशरण गिरीले पहिलो चरणको राहात वितरणमा पनि वडाले नामावली संकलन गर्दा पूर्वाग्रही बन्यो । अहिले वडाले वितरण गरेको राहात वितरणमा पनि आफ्नो मनोमानि गरि अनियमिता गरेकोले तालाबन्दी गरिएको धादिङपोष्टलाई बताए ।

वडा कार्यालयमा तालाबन्दी गरे सँगै जारी विज्ञप्तीमा भनिएको छ, नेपाल सरकारले बनाएको राहात वितरण मापडण्ड विपरित वडा नम्बर ७ ले सर्वपक्षिय संयन्त्र नबनाई आफुखुसी राहात वितरण गरि अनियमिता समेत गरेको छ ।
वडा अध्यक्षले मापदण्डको पुरै व्यवस्था गरि मानोमानी तरीकाले गोप्य रुपमा सिमित व्यक्ति तथा आफ्ना मानिसलाई मात्र राहात वितरण गरेको विज्ञप्तीमा आरोप लगाईएको छ ।
वडा अध्यक्ष लक्ष्मण खतिवडा भन्दछन्, नाम छनौट सर्वपक्षिय बसेरै भएको हो
सुत्केरी महिला, मजदुरहरुले खान पाईन भनेर भनिरहेको बेला सर्वपक्षिय बैठक बस्न भ्याइने कुरा भएन काँग्रेसलाई पनि सोधेरै नामावली बनाएको हो । आज तलाबन्दी गरेका छन् रे । मैले के गरेको, किन ताला बन्दी गरेको, भनेर सोद्धा त्यस्तो केहि हैन बसेर गफ गरुला भनेका छन् । अब वडा कार्यालय गएर छलफल गर्नु पर्ला वडा अध्यक्ष खतिवडाले धादिङपोष्ट सँग भने ।
वडा अध्यक्ष खतिवडा भन्छन् यस्तो संकटको बेला त्यसमा पनि राहात वितरणमा राजनीति गर्ने कु्रै आउँदैन राहात वितरणमा कुनै अनियमिता भएको छैन । जस्ले पाउनु पर्ने हो उनीहरुलाई राहात दिएको छ ।
तालाबन्दी पछि काँग्रेसले जारी गरेको विज्ञप्ती जस्ताको तस्तैः
