
भारत, नयाँ दिल्ली, जेष्ठ ९ । धादिङ ज्वालमुखी गाउँपालिका ७ का अर्जुन धरेल सामाजिक काममा असाध्यै रुची राख्छन् ।
धरेल धादिङ समाज भारतको संयोजक हुन् भने जन सम्पर्क समिती भारतको केन्द्रिय सदस्य समेत हुन् । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोराना भाईरस रोकथाम र उपचारका लागि भारत सरकाले लकडाउन गे सँगै उनी दैनिक जसो अफ्ठ्योमा परेका नेपालीहरुको खोजिमा व्यस्त रहँदै आएका छन् ।
भारतको भिन्न भिन्न शहरमा कोरोना भाइरसको कारणले फसेर आफ्नु घर जान नसकेका धादिङबासीहरु सङ सम्पर्कमा गरि रहेको र कुनै समस्या परेमा परेका धादिङबासीलाई सहयोग गर्दै आई रहेका छन् ।
अहिले सम्म धरेलको पहलमा ज्वालामुखी गाउँपालिका वडा नं. २ का ५ जना, वडा नं. ४ का ५ जना, वडा नं. ५ का ६ जना, वडा नं. ६ को १ जना, नीलकण्ठ ५ का २ जना, त्रिपुरासुन्दरी गाउँपालिका ६ का १ जनार सिद्धलेक गाउँपालिकाका ५१ जनालाई खाद्यान्न सहयोग भएको छ ।
यस सहयोग अभियानमा उतर भारत क्षेत्रका क्षेत्रिय सदस्य बल बहादुर सिटौला, तरुण दल भारतका केन्द्रिय कोषध्याक्ष अर्जुन बोगटी, तरुण दल भारतका केन्द्रिय महासचिव नागेन्द्र जोसि, तरुण दल भारतका केन्द्रिय सदस्य गोरख बिष्ट, धादिङ समाज भारतका पधादिकारीहरू मनु श्रेष्ठ, राजु बस्नेत, दिपक चापागाईं, उत्तर भारत क्षेत्र अन्तर गत आइ टिओ शाखा सचिब चीन बहादुर राना, जित बहादुर राना, गणेश थापा लगायतको विशेष भुमिका रहेको समेत धरेलले धादिङपोष्टलाई बताए ।
धरेल भन्छन् , २०० जना भन्दा बढी धादिङबासीहरु सम्पर्कमा रहेका छन्, सबै साथीहरु कोहि रोजगार गुमाएका, कोहि उपचारको क्रममा भारतमा फसेका छ्न् । यी सबै १-२ दिन भित्रमा दिल्लीबाट धादिङ जाने तयारीमा रहेका छन् उनीहरुलाई आवश्यक सहयोग गरि रहेका छौं ।