
काठमाडौं बैशाख २३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रशासन विभागका ईन्चार्ज अनील शर्मा बिरही अस्पतालबाटै पक्राउ परेका छन् ।
चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
नेता विरही सुगर लगायत विभिन्न रोगले पीडित थिए, उपचारको लागि अस्पताल जाँदा पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमणलाई ख्याल गर्दै सम्पूर्ण राजनितिक कार्वाहीहरु बन्द भएको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले भने निगरानी बढाई रहेको र त्यहि अनुरुप विरही पक्राउ परेका हुन एक नेकपा नेताले बताए ।
केहि समय पहिला विप्लव नेतृत्वका नेकपा पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका नेता मोहन कार्कीले विप्लव नेपालमै रहेको र अन्य नेताहरु जस्तो भारतमा लुक्ने स्वाभाव नभएको बताएका थिए ।
यो भनाई सँगै प्रहरीले विप्लवको समेत खोजि कार्यलाई निरन्तरता दिएको र आफ्ना नेता कार्यकर्तालाई जुनसुकै बेला पक्राउ गर्न सरकार लागि रहेको एक केन्द्रिय सदस्यले धादिङपोष्टलाई बताए ।
ति नेताका अनुसार अहिले कार्यकर्ता मात्र हैन नेता विप्लव समेत गरिव विपन्न र असाह्यहरुको बस्तिमा राहात बढी रहेका छन् ।
यस अघि गएराति ईलाम जिल्ला ईन्चार्ज पुष्प कोईराला सहित तीन जनालाई प्रहरीले गिराफ्तार गरेको छ । इलामको माई नगरपालिका–९ बोरुङबाट गएराति कोईराला सहित अन्य दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा ताप्लेजुङ लिकुखोला घर भएका २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका , पासाङ तामाङ रहेका छन् । बासबसेकै ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिएर दानाबारी हुदै जिल्ला प्रहरी कार्यलयमा पुर्याईएको ईलाम प्रहरीले जनाएको छ ।
