
धादिङ बैशाख २३ । धादिङको थाँक्रे गाउँपालिकाले कोभिड १० को संक्रमण रोकथाम तथा उपचार गर्न सुरक्षा सामाग्री र खाद्यान्न राहात सामाग्री प्रदान गर्ने सहयोगी दाताहरुको नाम दोस्रो पटक सार्व जनिक गरेको छ ।
बैशाख १४ गते सूचना जारी गर्दै, सहयोगी दाताको नामावली सार्वजनिक गरेको थाँक्रेले बैशाख २२ गते फेरी थप भएका सहयोगी दाताको नामावली सार्वजनिक गरेको हो ।
कोरोना भाईरस महामारीको रोकथाम तथा नियन्त्रण तथा यस अवधिमा भएको खाद्यान्न संकट समाधानको लागि सहयोग गर्न गाउँपालिकाले आव्हान गरे सँगै सहयोग जुट्क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ ।
पहिलो पटक सार्वजनिक गरिएको सुचनामा सहयोगी दाताहरुमा ६ वटा सहकारीले नगद र अन्य ४ वटा संस्थाहरुले खाद्यान्न सामाग्री र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग आएको उल्लेख गरिएको थियो ।
दोस्रो पटक जारी सूचनामा गाउँपालिकाका जनप्रतिनिधिहरुबाट ६ लाख, ९१ हजार ५००, कर्मचारीबाट ८ लाख ७६ हजार, ८१४, सहास नेपालबाट ५० हजार, हाईवे वचत तथा ऋण सहकारीबाट ३० हजार सहयोग प्राप्त भएको जनाईएको छ ।
त्यसैगरी जिल्ला समन्वय समिति धादिङको समन्वयमा अन्तराष्ट्रिय धादिङ समाजले स्वास्थ्य सामाग्री गाउँपालिकालाई प्राप्त भएको उल्लेख गरिएको छ ।
लकडाउनको मारमा परेका असाह्य, गरिव र मजदुरहरुलाई निरन्तर सहयोग गर्दै आईरहेको थाँक्रे गाउँपालिकाले कोरोना भाईरको संक्रमण रोकथाम तथा उपचार र खाद्यान्न संकट समाधानका अझै सहयोग गर्न अपिल गरेको छ ।

