
धादिङ बैशाख २० । धादिङको गल्छी गाउँपालिका गल्छी बैरेनीमा रहेको द राइजिङ्ग भिलेज अंग्रेजी स्कूलले बैशाख २६ गते देखि वार्षिक परिक्षाको नतिजा सार्वजनिक सँगै भर्ना अभियान सुरु गर्ने भएको छ ।
ब्याब्सन धादिङ सँग आवद्ध रहेको यस विद्यालयका प्रिन्सिपल नवराज आझाका अनुसार स्थानीय तह सँग समन्वय गरि सामाजिक दुरी कायम गर्दै ४ दिन लगाएर रिजल्ट गर्ने र रिजल्ट सँगै भर्ना सुरु गरिन लागेको हो ।
विद्यालयले सुचना जारी गर्दै बैशाख कक्षा ६-९ को २६ गते, कक्षा ३-५ को २७ गते, कक्षा १ -२ का २८ गते नतिजा प्रकाशन र भर्ना कार्यक्रम रहेको जानकारी गराएको छ ।
संघीय सरकारले लकडाउन खुकुलो बनाउन गृहकार्य सुरु गरे सँगै बागमती प्रदेश सरकारले स्थानीय तह सँग समन्वय गरि परिक्षाफल प्रकाशन तथा विद्यार्थी भर्नाको कार्यक्रम अगाडी बढाउन बाटो खुल्ला गरे सँगै निजी विद्यालयहरुले निजी विद्यालयहरुले नतिजा प्रकाशन तथा विद्यार्थी भर्ना कार्यक्रम गर्न लागेका हुन् ।
कोरोना भाईरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण विद्यालयहरुले नतिजा प्रकाशन तथा नयाँ भर्ना प्रक्रिया अगाडी बढाउन सकि रहेका थिएनन् ।
धादिङबेसीमा रहेका निजी विद्यालयहरु चिल्ड्रेनपार्क, न्यु किबो, एड्भान्स एकेडेमी र धादिङबोर्डिङले अनलाईनमा नतिजा प्रकाशित गरे पनि भर्नाको कार्यक्रम सार्वजनिक भने गरेका छैनन् ।
केहि दिन अघि मात्र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सुझाव प्रतिवेदन बुझाएका थिए ।
प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ ।